ललितपुर महानगरपालिकाले नौ महिनाको घर बहाल कर फिर्ता गर्न अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। संविधानमै स्थानीय सरकारलाई घर बहाल कर उठाउने अधिकार दिए पनि आन्तरिक राजश्व विभागले विभिन्न कारण देखाउँदै आफैं उठाइरहेकाले मन्त्रालयलाई पत्र लेख्न बाध्य भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेतोपाटीलाई बताए। ‘संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दियो। सोहीअनुसार…