११ महिनामा महिलाले लगाए ४४ करोडको विदेशी चुरा, पोतेमा १७ करोड सकियो

चालू आर्थिक वर्षमा विदेशबाट ४४ करोड ५८ लाख रुपैयाँ बराबरको चुरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको चुरा आयात भएको हो ।विभागले असार महिनाको तथ्यांक भने सार्वजनिक गरिसकेको छैन । असार महिनामा भएको चुरा आयातको तथ्यांक सार्वजनिक हुँदो यो परिमाण थप बढ्ने देखिन्छ । यसैगरी, ११ महिनाको अवधिमा विदेशबाट नेपालले १७ करोड १८ लाख ७३ हजार रुपैयाँ बराबरको पोते आयात गरेको छ । नेपाली महिलाहरुले साउन महिनाका साथै तिजमा सबैभन्दा धेरै चुरा र पोतेमा