बोक्सीखोलामा चिज उद्योग स्थापना

थासाङ गाउँपालिका–२ बोक्सीखोलामा गाई फार्म र चिज उद्योग स्थापना भएको छ । धौलागिरि गुरुसाम्फु कृषि सहकारी संस्थाले गाई फार्म र चिज उद्योग सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसँगै चिज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताए । ‘मुस्ताङमा आवश्यक दूध,…

सम्बन्धित सामग्री

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

वैशाख ६, म्याग्दी । विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए ।  लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग पनि नभएकाले उद्योग पुन: सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चिजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज पनि कुहिएर खेर गएकाले चिज उद्योग पुन: सञ्चालन गर्न नसकिएको घारको हिमालय चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए । खड्काका अनुसार गत साल लकडाउन शुरु भएपछि चिजको माग घट्यो । ‘स्टक’ रहेको चिज स्थानीयलाई रू. ५०० प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चिज उद्योग पूर्णरूपमा बन्द गरिएको हो । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई विक्री गर्र्न थालेको स्थानीयवासीले बताएका छन् । घारको हिमालय चिज उद्योगमा ३५ जना कृषक आबद्ध छन् । उनीहरुले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् ।  नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३०० लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो । चिज उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषक हतोत्साही बनी धमाधम गाई नै बिक्री गर्न थालेका स्थानीयवासी लिलबहादुर खड्काले बताए ।  घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् । त्यतिबेला रू. २० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै रू. ३२ लाख पुर्‍याएका थिए ।  जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित विक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।  गाउँका ४५ कृषकले दैनिकरूपमा चिज उद्योगमा दूध विक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर रू. ६० देखि ९० सम्ममा कृषकबाट दूध खरीद गर्दै आएको छ । चिजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जानकारी दिएको छ । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले रू. ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि रू. एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयवासीले उन्नत जातको गाई खरीद गरेका थिए । अहिले चिज उद्योग बन्द भएपछि यी किसान ठूलो समस्यामा परेका छन् । चिज उद्योग सञ्चालन हुने/नहुने कुराको टुंगो नलाग्दा किसान गाई बेच्ने वा पाल्ने भन्ने द्विविधामा परेको स्थानीयवासी कृष्णप्रसाद बरुवालले बताए । रासस