आँखा पोल्ने धुलोले ढाक्यो काठमाडौंको आकाश

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । शुक्रबार दिउसोदेखि आँखा पोल्ने तुवाँलेले आकाश ढाकेको छ । काठमाडौंमा घाम लागेको छैन भने हावा पनि चलेको छैन । वातावरणमा एक्कासी परिवर्तन आएपछि जनजीवन पनि प्रभावित भएको छ । वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्याधिक बढेका कारण तुवाँलो दोखिएको हो । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकाङ्क (एयर क्यालिटी इन्डेक्स) ४७०, भक्तपुरमा ३०५, कीर्तिपुरमा २२१ र उपत्यका बाहिर सिमरामा २४८ पुगेको छ । जल तथा मौसम विभागले डढेलो तथा अन्य प्रदुषणका कारण तुवाँलो लागेको जनाएको छ । भारतको विहार,उत्तर प्रदेशलगायतका राज्यबाट फैलिएको वायु प्रदुषणले नेपाली आकाश पनि ढाकेको हो । लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको मौसमविदले जनाएका छन् । यस्तो बेलामा सकभर घरबाहिर ननिस्कन मौसमविदले सुझाव दिएका छन् ।   वायु प्रदुषणका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त भएको छ । दिउँदा २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ ।

सम्बन्धित सामग्री

फोटोफिचर: तुवाँलोले ढाक्यो नेपाली आकाश

काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न जिल्लाको आकाश केही दिनदेखि तुवाँलोले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो जिल्लामा तुवाँलो लागिरहेको छ । डढेलो‚ खडेरीलगायतबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । यसबाट हुने प्रदूषणका कारण आँखा पोल्ने‚ श्वासप्रश्वासमा समेत समस्या देखिने र स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सिकहरूले बताएका छन् ।

कैलालीमा प्रदूषण बढ्यो

आकाश धुम्म छ । हेर्दा पानी पर्लाझैं देखिन्छ तर पानी परेको छैन । बाहिर हिँडडुल गर्दा आँखा पोल्ने गरेको छ । कैलालीमा केही दिनयता बदलिँदो मौसमले सबैलाई पिरोलेको छ ।

कैलालीमा प्रदूषण बढ्यो

आकाश धुम्म छ । हेर्दा पानी पर्लाझैं देखिन्छ तर पानी परेको छैन । बाहिर हिँडडुल गर्दा आँखा पोल्ने गरेको छ । कैलालीमा केही दिनयता बदलिँदो मौसमले सबैलाई पिरोलेको छ ।

काठमाडौंमा आँखा पोल्ने तुवाँलो (फोटो फिचर)

काठमाडौं : हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको सूचीमा झरेर ९६ औं स्थानमा पुगेको छ। आइक्यू एयरले वायु प्रदूषणको स्तर ठीक देखाएपनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन्। वायु प्रदुषणले फोक्सोमा