ठमेललाई सुन्दर बनाउन गुजुल्टिएका तार हटाइँदै

काठमाण्डाै – पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थितरूपमा तानिएका बिजुली, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायककाे सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्...