विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

नेपालगन्जमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर दबाब दिइएको छ । विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

सम्बन्धित सामग्री

सर्लाहीका किसानद्वारा सडकमा माछा फालेर विरोध

चर्को विद्युत् महसुल असुलेको भन्दै सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध गरेका हुन् । गाउँगाउँबाट जम्मा भएका किसानले करिब पाँच क्विन्टल माछा सडकमा फालेका थिए । माछाखेती गर्ने किसानलाई विद्युत् प्राधिकरणले औद्योगिक मिटरअनुसार शुल्क असुलेर ढाड सेकेको किसानको आरोप छ । विद्युत् प्राधिकरणले …

एसपिपीमा आशंका: एमसिसी जस्तै हुने त होइन?

काठमाडौँ – लामो विवाद र रस्साकस्सीपछि आमजनताको भावनाविपरीत संसदबाट एमसिसी अनुमोदन भएको साढे तीन महिना मात्रै भएको छ। अमेरिकाले पाँच वर्षभित्र विद्युत् प्रशारण लाइन र सडकमा खर्च गर्ने गरी दिने ५५ अर्ब रुपैयाँको विकास परियोजना संसदबाट अनुमोदन गर्न नेपालका राजनीतिक दलहरु अझ त्यसमाथि ‘कम्युनिष्ट’ दलहरुले खेलेको भूमिका ताजै छ। बाहिर चर्को विरोध र कार्यकर्तालाई सडकमै […]