शेयर बजारमा ठूलो पहिरो, मागियो गभर्नर अधिकारीको राजीनामा

शेयर बजारका लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीका कारण पुँजी बजार धरापमा परेको भन्दै उनीहरुले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ताहरुले एक ज्ञापनपत्र जारी गर्दै गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्  । लगानीकर्ताहरूले गभर्नर अधिकारीले पूँजीबजारको अस्तित्वलाई नै धरापमा पार्ने काम गरिरहेको आरोप लगाएका छन् । मार्जिन लोनको ४ करोड र १२ करोडमा सिमित गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा लग...