डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

डाेटी – डोटीमा चितुवाको आक्रमणमा परि पाँच जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वीचौकी गाउँपालिका–५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उहाँका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् । ४ वर्षका सिद्ध बटाला घरको आगनमा  खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । बटाला...