काठमाडौं : सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ।पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार भने हरियाली छाएको हो। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको आज बैंकिङ