काठमाडौं । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताउनुभयो । पूर्व परराष्ट्रमन्त्री […]