विभिन्न खाद्य तथा नगदे बाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानहरुले त्यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।
किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।