सरकारले एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको हाे । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।