चुनावका कारण पल शाहको पेसी स्थगित

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेकाे अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो ।  आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।  जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण ...