निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन् भने तीन जनाबीचको प्रतिस्पर्धाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्, जो अर्को कार्यकालमा अध्यक्ष हुनेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन् भने निर्वाचन प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबारदेखि भएको निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन दोस्रो चरणको निर्वाचन अगावै निर्विरोध चुनिएका हुन् । उनीहरूसँगै ६४ कार्यसमिति निर्वाचित भएको छ । महासंघको विधानअुनसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम ढकाल नयाँ अध्यक्ष बनेका हुन् ।