सरकारले सालको काठमा प्रतिबन्ध लगाउँदा उपभोक्तालाई समस्या

 सङ्घीय सरकारले सालको काठमा प्रतिबन्ध लगाउँदा उपभोक्तालाई समस्या पर्न थालेको छ । सरकारले सालको काठको सङ्कलन, उत्पादन र बिक्री वितरण बन्द गरेका कारण नेपाली उपभोक्ता समस्यामा पर्न थालेको हो । सरकारले जङ्गल क्षेत्रबाट हुँदै आएको सालको काठ कटान, सङ्कलन, बिक्रीवितरण र ढुवानीलगायत सबै काम बन्द गरेका कारण करोडौँ मूल्य बराबरको काठ जङ्गलमै कुहिन थालेको छ । अहिले पनि सालको काठ फुकुवा भएन भने अगामी महिनादेखि ग्राहकले सालको काठ नपाउने अवस्था सिर्जना भएको छ । हुन त वनबाट अनाधिकृतरुपमा सालको काठ कटान हुन थालेपछि वन उजा...