पिएसजीका अध्यक्षले भने– ‘एमबाप्पे क्लबमै रहनेछन्’

पेरिस सेन्ट जर्माइन (पिएसजी) का अध्यक्ष नस्सर अल खेलाईफीले कालियन एमबाप्पे यस सिजन क्लबमै रहने स्पष्ट पारेका छन् । उनले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एमबाप्पेलाई नबेच्ने बताए ।  रियल म्याड्रिडले यी २२ वर्षीय फ्रान्सेली स्ट्राइकरमाथि आँखा लगाइरहेको छ । आगामी सिजन एमबाप्पे र पिएसजी बीचको  सम्झौता सकिदैंछ । र, रियलले त्यसपछि उनलाई अनुबन्ध गर्ने अपेक्षा गरिरहेको छ । भर्खरै मात्र मेस्सीलाई क्लबमा भित्र्याएका कारण एमबाप्पेलाई पिएसजीले बेच्नसक्ने अड्कल पनि काटिएको थियो । तर, अल खेलाईफीले यसक