रैथाने जातका धानको संरक्षणसहित धान चामलमा आत्मनिर्भर बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेर देशलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश व्यक्त गदै उहाँले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वो...