नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको अध्यक्षमा पुनः बुद्ध लामा छानिएका छन् । शनिबार सकिएको संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नया“ कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको नया“ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सहसचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्ण बहादुर स्याङतान, लक्ष्मी पुरी, सरस्वती