'२ करोड ग्राहकको गोपनीयता जोडिएको विषय भएकाले कानुनी स्पष्टताबिना टेरामक्स जडान गरेका छैनौं'

कानुनी र नीतिगत स्पष्टता नभएकाले टेरामक्स प्रविधि जडान नगरिएको सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले जनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याउन खोजेको टेरामक्स प्रविधि नेपाल टेलिकमले आफ्नो सिस्टममा इन्स्टल गर्नुअघि कानुनी स्पष्टता चाहिएको उल्लेख गरेको छ ।