माइतीघरमा विद्यालय कर्मचारी परिषद्‌को धर्ना [तस्बिरहरु]

विद्यालय कर्मचारी परिषद्ले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएको छ । बुधबारदेखि सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)ले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा धर्ना दिएका थिए । सरकारले माग सुनुवाइ नगरेकोले माइतीघरमा धर्ना दिएको परिषद्‌का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । बिहीबार परिषद्ले केन्द्रमा तालाबन्दीसमेत गरेको थियो ।

सम्बन्धित सामग्री

रुपन्देहीमा सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

विभिन्न माग राख्दै रुपन्देहीको सामुदायिक विद्यालयका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएको हो ।

बर्दियामा विद्यालय कर्मचारी आन्दोलित

नेपाल विद्यालय कर्मचारी परिषद् बर्दियाले ८ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

पेसागत स्थायित्वको माग गर्दै धर्ना

गुल्मीमा सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् ।