अमेरिकामा १० औं पटक बढ्यो ब्याजदर

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मुद्रास्फिति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । योसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत विन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो ।