येरेभान– आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार युरोपेली सङ्घ (इयु) को सदस्यताका लागि आवेदन दिने सम्भावनामाथि व्यापक सार्वजनिक छलफलको आह्वान गरेका छन् । पूर्व–सोभियत मुलुक आर्मेनियाको रुससँगको सम्बन्ध तनावपूर्ण छ । युक्रेनमा मस्कोको युद्धले इयुको विस्तार अभियानलाई पुनः बलियो बनाएको छ । ब्रसेल्सले वर्षौँको अनिच्छापछि इयुका आकांक्षी युक्रेन, माल्दोभा र जर्जियालाई औपचारिक सदस्यताको मार्गमा राखेको छ […]