रवि लामिछाने: सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा कांग्रेस र रास्वपा कसरी अघि बढ्लान् - BBC News नेपाली
संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को कारबाही अघि बढ्न नदिने प्रतिपक्षी दलको अडानका कारण यसअघिको संसद् अधिवेशनको अन्त्यतिरका कामकारबाही प्रभावित भएका थिए।
नेपाली कांग्रेसले पटकपटक गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा सहभागी भएको भन्दै छानबिनको माग जोडतोडले उठाउँदै आएको छ । एमाले, रास्वपा व्यक्तिकेन्द्रितमा छानबिन गर्न तयार देखिएका छैनन् ।
नेपाली कांग्रेसले पटकपटक गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा सहभागी भएको भन्दै छानबिनको माग जोडतोडले उठाउँदै आएको छ । एमाले, रास्वपा व्यक्तिकेन्द्रितमा छानबिन गर्न तयार देखिएका छैनन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा सत्तारूढ रास्वपाले नै अवरोध गरेको छ । रास्वपा संसदीय दलको बैठकले सहकारीबारे बन्ने समिति अस्वीकार्य हुने स्पष्ट पारेको छ भने प्रतिपक्षी कांग्रेस आफ्नो मागमा अझ कठोर बनेको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताबीच वैशाख २८ (शुक्रबार) देखि संसद् अधिवेशन चल्दै छ ।