सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए। आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजीनामा दिएको खरेल बताएका छन्। खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका…