काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा स्थानीय ४५ वर्षीय दिपक के.सी.को मृत्यु भएको हो । घाइते उनको […]