दसैँलाई खसीबोका आजदेखि भित्रिँदै

नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

६० हजार खसीबोका भित्रिँदै

काठमाडौँ, भदौ २१ गते । दसैँका लागि काठमाडौँ उपत्यकामा झण्डै ५० देखि ६० हजार खसीबोका र च्याङ्ग्रा भित्रिँदैछन् । दसैँका बेलामा उपत्यकामा...