काठमाडौं, १५ चैत्र । यतिबेला विद्युत आपूर्ति असहज बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले माग अनुसार उत्पादन र आपूर्ति गर्न नसक्दा असहज बन्दै गएको हो । सुख्खायामका कारण रन अफ द रिभरमा आधारित नेपालको सबैजसो जलविद्युत आयोजनाका उत्पादन आधाभन्दा कम भएका छन् । यसकारण प्राधिकरणले भारतबाट सयौं मेगावाट बिजुली खरिद गर्दै आएको छ । […]