साउदी अरबले दियो २१ जना नेपालीलाई स्वदेश फर्कन एक्जिट भिसा

काठमाडौं, माघ ९। साउदी अरब सरकारले त्यहाँ अवैधरुपमा रहेका २१ जना नेपालीलाई स्वदेश फर्कनको लागि एक्जिट भिसा प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले सम्बन्धित व्यक्तिको मोबाइलमा एक्जिट भिसाको म्यासेज नआए दूतावासमा आएर लिन अनुरोध गरेको छ। एक्जिट भिसा आएको तीन महिनामा सम्बन्धित व्यक्तिले साउदी छोड्नु पर्छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।