ए डिभिजन लिग–पुलिस र आर्मी बराबरीमा रोकिए, मछिन्द्रको विजयी सुरुआत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको

सम्बन्धित सामग्री

त्रिभुवन आर्मी र मछिन्द्रबीचकाे खेल बराबरीमा

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ...

त्रिभुवन आर्मी र मछिन्द्रबीचकाे खेल बराबरीमा

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । शनिबार ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मछिन्द्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ...

मछिन्द्रमाथि आर्मीको बदला

मछिन्द्र क्लब तीन वर्षअघि जित्नैपर्ने अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । मछिन्द्रले गत वर्ष उपाधि रक्षा गर्ने क्रममा दोस्रो चरणमा आर्मीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो सिजन २०७९–८० मा पनि आर्मी र मछिन्द्रको भेट दोस्रो चरणमै भयो । यसपल्ट भने आर्मीले २–० ले बाजी मार्‍यो ।

ए डिभिजनमा आइतबार सरप्राइज प्रदर्शन, हारे उपाधि दावेदारहरु

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आइतबार सरप्राइज प्रदर्शन भएको छ । उपाधि दाबेदारहरु मछिन्द्र क्लब र न्यूरोड टिम एनआरटी पराजित भएका छन् भने त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् ।

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

ए डिभिजन लिग : सरस्वतीलाई हराउँदै मनाङ तालिकाकाे तेस्राे स्थानमा

काठमाण्डाै - ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो । आर्मी, मछिन्द्र र  मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानम...