वडा सचिव थुनामा, वडाध्यक्ष फरार | Nagarik News - Nepal Republic Media
नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी