खुला सार्वजनिक स्थानले सहरलाई सास फेर्ने ठाउँ दिन्छ। संसारका ठूल्ठूला सहरले खुला ठाउँ व्यवस्थित गर्दै सार्वजनिक पार्क बनाउन थालेका छन्। भारत, नयाँदिल्लीको ‘सिटी पार्क’ पछिल्लो उदाहरण हो। मध्यसहरमा बनेको ९० एकड (७२० रोपनी) क्षेत्रफलको यो पार्क बिहीबारबाट सर्वसाधारण निम्ति खुला गरिएको छ। यो दिल्लीको निजामुद्दिनस्थित हुमायूँको ‘मकबरा’ (चिहान) क्षेत्रमा पर्छ। सोह्रौं शताब्दीमा बनेको यो स्थानले…