हलिउड गायिका लिसा मारिया प्रेस्लेको निधन

एजेन्सी । अमेरिकी चर्चित गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५४ वर्षीया लिसाको बिहीबार निधन भएको हो । उनलाई हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो । लिसाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । लिसा चर्चित अमेरिकी अभिनेता, गायक एवं संगीतकार एल्भिस प्रेस्ले र अभिनेत्री प्रिसिला प्रेस्लीको छोरी हुन् […]