स्ट्यान्डर्ड चार्टर्ड समूहको शून्य कार्बन उत्सर्जन घोषणा

काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड समूहले सन् २०५० सम्म आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने नयाँ लक्ष्य घोषणा गरेको छ । यसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रका लागि अन्तरिम २०३० लक्ष्य समावेश रहेको समूहले जनाएको छ । समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध रहेको समूहले  बताएको छ । ५९ फुटप्रिन्ट बजारमध्ये ३३ वटामा सन् २०५० सम्ममा नेट शून्यमा पुग्ने प्रतिबद्धता समूहले गरेको छ । विकासोन्मुख देशलाई उनीहरूको विकास र समृद्धिको अवसरबाट वञ्चित नगरी जलवायु परिवर्तनका उद्देश्य पूरा गर्न पुँजी र विशेष सहयोग चाहिने बैंकको भनाइ  छ । कम–कार्बन प्रविधि अपनाउने सबैभन्दा ठूलो अवसर र केही कठिन संक्रमण–वित्त र जलवायु चुनौती दुवै भएका बजारमा पुँजी निर्देशित गरेर मद्दत गर्न समूह प्रतिबद्ध रहेको जनाइएको छ ।

सम्बन्धित सामग्री

स्ट्यान्डर्ड चार्टर्डले शून्य कार्बन उत्सर्जन गर्ने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड (समूह) ले २०५० सम्ममा आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्वाकांक्षी नयाँ लक्ष्य घोषणा गरेको छ । जसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रहरूका लागि अन्तरिम २०३० लक्ष्यहरू समावेश रहेको समूहलेजनाएको छ । “समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य...