मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार बर्खास्त गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले चुनावलगत्तै सनसनीपूर्ण अडियो भिडिओ सार्वजनिक गर्ने बताएका छन् । बर्खास्तमा परेपछि बुधबार पत्रकारसँग कुरा गर्दै खड्काले मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री विन्दु थापाको चर्को आलोचना गरे । उनले मुख्यमन्त्री पोखरेलले प्रदेश बासीको हित विपरीत काम गरेको संकेत गर्दै आफूलाई बर्खास्ती गर्ने कारण नखुलाए सनसनीपूर्ण आडियो भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘मलाई बर्खास्ती गर्नु