प्रधानसेनापति शर्माले बुझे नियुक्तिपत्र

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बुधबार नियुक्तिपत्र बुझेका छन् । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सम्बन्धित सामग्री

नवनियुक्त प्रधानसेनापति शर्माले पाए नियुक्तिपत्र

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नियुक्तिपत्र पाएका छन् । रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति शर्मालाई नियुक्तिपत्र दिएका छन् । बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७८ साउन २६ गतेबाट कायममुकायम प्रधानसेनापति सम्हाल्ने अख्तियारी शर्माले पाएका थिए । नेपाली सेनाका पीएसओज रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीको सहभागिता रहेको कार्यक्रममा रक्षा सचिवले कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल का...

नयाँ प्रधानसेनापतिले पाए नियुक्तिपत्र

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रचण्डका लागि कटवाल फेरि बने चुनौती

काठमाडौं, ६ भदौ । नेपाली राजनीतिमा कटवाल काण्ड चर्चित छ । यसलाई प्रधानसेनापति प्रकरण पनि भनिन्छ । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र नै दिएका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले निर्णय रोकेका कारण सेनापति कटवाल पदमै रहे । यो प्रकरणपछि प्रचण्डले […]