काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकलाई बोलाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे चासो राखेका छन्। सोमबार बिहान प्रमुख सचेतक परियारलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले कानून, न्याय तथा मानव अधिकार समितिमा रहेको टिआरसी विधेयकबारे चासो राखेका हुन्। ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा समितिमा के भइरहेको छ?,’ प्रधानमन्त्रीले प्रश्न गरे। जवाफमा उनले उपसमिति बनाएर काम गरिरहेको र सबैका राय सुझावहरु लिएको बत