काठमाण्डाै - कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई भने सामान्य खालका असर देखिएका छन् ।
५५ वर्षमाथिका सबैलाई आउँदो फागुन २३ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । यो भनेको फागुन २३ देखि नै समुदायस्तरमा लगाइँदैछ भन्ने बुझ्नु पर्छ । समुदायमा गएर उमेर समूहअनुसार खोप दिइनेछ । समुदायस्तरमा गएपछि पहिलो प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका पर्नुहुन्छ...