एजेन्सी। कोरोनाविरुद्धको खोप निर्माण गर्दै आएको भारतीय कम्पनी सिरमका प्रमुख कार्यकारी अदार पुनवालालाई निरन्तर धम्की आउन थालेपछि सुरक्षा मजबुत पारिएको छ। उनीमाथि सम्भावित खतरालाई दृष्टिगत गर्दै केन्द्रीय रिजर्भ पुलिस बलले ‘वाई’ श्रेणीको सुरक्षा प्रदान गरेको हो। सिरम इन्स्टिच्युट अफ इन्डियाले कोरोनाविरुद्धको कोभिसिल्ड खोप बनाउँदै आएको छ। उनीमाथि खोप आपूर्तिका सन्दर्भमा विभिन्न समूहले धम्की दिँदै आएका छन्।