पर्वत दुर्घटना अपडेट : घाइतेमध्ये एकको मृत्यु

पर्वत : पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार बागलुङको काठेखोला गाउँपालिका–४ तङग्रामका ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो। दुर्घटना लगत्तै उद्धार गरेर उपचारका लागि पर्वत अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।बुधबार साँझ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै टाटा सुमो र बस ठक्कर खाँदा १३ जना घाइते भएका थिए। बागलुङबाट पोखराका लागि छुटेको

सम्बन्धित सामग्री

कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते

बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र

जीप दुर्घटना अपडेट : थप एकको मृत्यु

दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

हेलिकोप्टर दुर्घटना अपडेट : एकको मृत्यु

सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

नुवाकाेट बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

नुवाकोट ।  विदुर नगरपालिका–९ लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।   म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा ...

धादिङ बस दुर्घटना (अपडेट) : एकको मृत्यु, घाइतेको संख्या ५३ पुग्यो

धादिङ, असोज २४ – मंगलबार धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित साङकामेष कुमालगाउँमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । घाइते हुनेको संख्...