मानव विकास सूचकांकमा नेपाल: एक स्थान उक्लियो, अंक घट्यो

मानव विकास सूचकांक (एचडीआई) मा नेपालले सामान्य सुधार गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१–२०२२’ अनुसार नेपाल अघिल्लो वर्षको भन्दा एक स्थान माथि उक्लिएको हो ।