जनकपुरमा दीपावलीका अवसरमा केराको थाम र फूलमाला बिक्री गर्नेहरुको भीड बढेको छ । बिहीबार बिहानैदेखि जनकपुरधाम बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने कृषकहरूको भीड बढेको हो । जनकपुरधाम बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान र पसलहहरुमा लक्ष्मी पूजाका दिन फूल र केराका थामको प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ । योसँगै केरा थामको कारोबारमा समेत वृद्धि भएको छ ।ट्रयाक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्याएका केराका थाम २५० रुपैयाँका दरले बिक्री भैरहेको क्षिरेश्वरनाथ नगरपालिका ३ का कासिम अन्सारीले बत