मकवानपुरमा ६२ प्रतिशतले लगाए खोपको प्राथमिक मात्रा

मकवानपुरमा कोरोनाविरुद्धको खोपको प्राथमिक मात्रा (कम्पनीअनुसार १ वा २ मात्रा) लगाउनेको संख्या २ लाख नाघेको छ । शुक्रबारसम्म खोपको प्राथमिक मात्रा लगाउनेको संख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले बताए । यो खोप लगाउन उपयुक्त मानिएको जनसंख्याको झन्डै ६२ प्रतिशत हुन आउँछ ।