छात्रवृत्तिमा एमबिबिएस भर्ना गरिदिने भनेर १७ लाख ठग्ने पक्राउ

काठमाडौं : प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिने भन्दै ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेन नगरपालिका–२ बस्ने चक्रबहादुर बिकलाई बुधबार पक्राउ गरेको हो। उनले आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सलटेन्ट न्यूरो सर्जन डा. दीपक बिसी भनेर परिचय दिने गरेको अनुसन्धानबाट खुलेको छ।बिकले छात्रवृत्तिमा एमबि