विजय यूथ र सिमराको खेल बर्षाका कारण स्थगित

झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय युथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८ः ३० बजे खेलाउने सहमति भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा ट