सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।