कपिलवस्तुको शमशेर दल गणमा गोली लागेर घाइते एक सैनिक जवानको ज्यान गयो

काठमाण्डाै – कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा ज्यान गएको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । राजवंशी हिजो बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

आफैले बोेकेको राइफल पड्किएर महिला सैनिक जवानको मृत्यु

बुटवल, ८ बैशाख । शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिकको उपचारको क्रममा मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएकी झापाको गौरदश नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । सैनिक जवान राजवंशीले गए राती ड्यटीमा रहेको बेला आफैले बोकेको राइफले आफैतिर तेस्याएर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको […]

घाइते महिला सैनिक जवानको मृत्यु

काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज (बिहीबार) बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा […]

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज*मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्य