काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो । आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो । त्यसपछि […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस वर्षको यो दिवसको विश्वव्यापी नारा […]
९ मंसिर, चितवन। ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार …
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ। काठमाडौंमा मंगलबार एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले यस्ताे बताउनुभएको हो। प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनुभयो । उहाँले आफूले हरेक नियुक्ति र बढुवामा […]
काठमाडौं- नेकपा एमालेले मंसिर २७ गते हुन लागेको एघारौँ महाधिवेशनका लागि यही मंसिर १३ गते प्रतिनिधिको छनोट गर्दैछ । एमालेले देशभर एकै पटक मंसिर १३ मा करिब २१ सय महाधिवेशन प्रतिनिधि छनोटको काम अघि बढाउँदैछ । आकांक्षी धेरैजना भएकाले एमालेमा महाधिवेशन प्रतिनिधिका लागि मतदान हुने सम्भावना देखिएको छ। भूगोलका सातै प्रदेशस्थित जिल्ला कमिटीहरूमा मतदानबाट महाधिवेशन […]
काठमाडौँ। बागमती नदी करिडोरलाई उज्यालो बनाइने भएको छ। बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिनेछ। त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटीभी पनि जडान गरिनेछ। सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण-बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षा चुनौती प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक […]