अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार

काठमाडौं : सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएकी छन्। अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानाकारी दिए । नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ।  नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा झाले बताए। अवैध सम्बन्धका कारण शिश