धनगढी : प्रदेशमा बढ्दै गरेका भएका अपराधका घटनालाई नजरअन्दाज गरेको सुदूरपश्चिम सरकारलाई आरोप लागेको छ। आइतबार प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यस्तो आरोप लगाएका हुन्।उनले प्रदेशमा बढ्दै गएको अपराधमा प्रदेश सरकारले गहन तरिकाले अनुसन्धान अघि बढाउन नसकेको भन्दै जनता निराश भएको बताए।उनले भने, ‘भर्खरै डडेलधुरामा अस्मिता धामीको हत्या भएको छ। त्यस घटनामा संलग्न व्यक्तिको पहिचान पनि गर्न सकेको छैन। यस्ता दर्जनौं हत्याका