सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता पठाइदिएको छ । सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिए । प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्धा चल्ने भएकोले यसको हदम्याद भोलि (मंगलबार) नै नसकिने पौडेलले